d

आफ्नै कार्यकर्ताका घाटी छिनाउने संग कांग्रेसको मिलन हुनु देशकै लागि दुर्भाग्य- मिश्र

Views:
Responsive Image Gallery
Responsive Image Gallery

विवेकशील साझा पार्टीका पुर्व अध्यक्ष तथा हाल राप्रपामा वरिस्ठ उपाध्यक्ष रविन्द्र मिश्रले आफ्नै कार्यकर्ताका घाटी छिनाउने संग कांग्रेसको मिलन हुनु देशकै लागि दुर्भाग्य भएको बताएका छन्।  राष्ट्रिय प्रजातन्त्र पार्टी संग आफ्नो समूहको एकता घोषणा सभामा उनले यसो भनेका हुन्।  

 पन्चेश्वर, पश्चिम सेती र अरुण जस्ता वृहत आयोजनालाई अब मुलुकले जोड दिनु पर्ने बताए । आफ्नो समूह सहित राप्रपामा आवद्द भएका मिश्रले मुलुक विकासको छायामा होइन मूल ज्योति मै रहनु पर्ने बताए । अब पूर्वबाट मात्रै होइन पश्चिमबाट पनि सूर्य उदाउने अवस्थामा पुर्याउनु पर्ने उनले बताए । 

बुधबार राप्रपामा प्रवेश गरेसँगै उनले अब देशको बेथितीमाथि राप्रपाले उठाइरहेको एजेण्डाको प्रशंशा गर्दै अब सोही एजेण्डामा अझ मजबुत शैलीमा अघि बढ्ने बताएका छन् । 

कार्यक्रममा उनले नेपाली नेपालीबीच हुने झगडा सामान्य हुने तर राजदरवार भत्काएर दिल्लीलाई केन्द्र बनाउने शैली गलत भएको टिप्पणी गरे । उनले भने, ‘हामी आफू आफू झगडा गरौं, राजा पनि नेपाली नागरिक नै हुन् उनीसँग पनि झगडा गर्न सकियो । तर, यहाँको राजदरवार भत्काएर नयाँ दिल्लीलाई दरवार मान्नु भएन ।’ 

कार्यक्रममा उनले तीन वर्षअघि आफूले नेपाल विश्वको भूराजनीतिको केन्द्र बनेको बताए । उनले भने, ‘अमेरिकी कुटनीतिज्ञहरू नेपाल आइरहेका छन्, चीनका ठूला नेता आएका छन् । भारतको प्राथमिकतामा नेपाल सधै उच्च छ । यसले के देखाउँछ भने नेपाल विश्वशक्तिको केन्द्र बनिरहेको छ । तर, हामी आफै चाही भष्ट्र सरकार लिएर बसिरहेका छौं । जहाँ सरकारका कुनै पनि अंगले आफ्ना काम गरिरहेका छन् ।’

उनले देशमा राजनीतिलाई पेशा बनाइएको टिप्पणी गर्दै पेशा व्यवसाय त सबैले गरेकै होलान तर अब देशलाई गाइड गर्ने राजनीति आवश्यक रहेको बताए ।

कार्यक्रममा मिश्र नेपाली काँग्रेसविरुद्ध आक्रोशित रुपमा प्रस्तुत भएका थिए । उनले आफूलाई कांग्रेसका केही नेताहरूले आफूमा विचलन आएको आरोप लगाउने गरेको पनि बताए । उनले भने, ‘कांग्रेसले आफ्नो इतिहास हेरोस् । कांग्रेसमा कति विचलन आएको छ । यसको जवाफ कांग्रेसका साथीहरूले नै दिउँन । ’

उनले कांग्रेसमा धेरै विचलन आएको बताउदै अहिले माओवादीसँग सहकार्य गरेको प्रति कटाक्ष गर्दै हिजो आफ्नो कार्यकर्ताको घाँटी काट्नेहरुसँग अहिले नेतृत्वले घाँटी जोडिरहेको आरोप लगाए ।

Views: