d

झापा क्षेत्र नम्बर ५ गठबन्धनका डा. अधिकारी मैदानमा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापाको संघीय निर्वाचन क्षेत्र नम्बर ५ 'क' मा गठबन्धनको तर्फबाट  नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा पुर्व प्राध्यापक डा. खगेन्द्र अधिकारीले उम्मेद्वारी दर्ता गराएका छन्।  । गत आम निर्वाचनमा एमाले अध्यक्ष के पी ओली संग पराजित भएका डा अधिकारी यो पटक निर्वाचन जित्ने दाउमा आफुलाई प्रस्तुत गरेका छन्।  

May be an image of text

 

उपदान प्राप्त गर्न केहि वर्ष मात्र रहेको प्राध्यापन पेशालाई छाडेर राजनीतिमा होमिएका गौरादह ३ निवासी डा अधिकारीले गत निर्वाचनमा बलिया प्रतिस्पर्धी केपी ओली संग सम्मानजनक मत प्राप्त गरेका थिए।  राप्रपा र माओबादीको बलियो साथ पाएका ओलीले झन्डै ५७ हजार मत प्राप्त गर्दा अधिकारीले २९ हजार मत प्राप्त गरेका थिए।  यो पटक माओबादी र नेकपा एसको बलियो साथ उनलाई छ भने क्षेत्र नम्बर ५ मा कुनै उम्मेद्वारी नपाएको राप्रपाका कार्यकर्ता समेत ओली संग त्यती खुशी देखिदैनन्।  यस क्षेत्रमा कुनै एउटा स्थान माग गर्दै आएको राप्रपालाई अन्तिम समयमा ओलीले नो भनेका थिए।  यसैको परिणाम ओलीले भोग्नु पर्ने भन्दै सामाजिक संजालमा राप्रपा कार्यकर्ता द्वारा ओलीको  निकै ठुलो आलोचना भएको पाइन्छ।  

हरेक निर्वाचनमा राप्रपाको मत लिदै आएका ओलीले राप्रपा समर्थकलाई बेवास्था गर्ने गरेको, उनीहरु संग प्रत्यक्ष सम्बाद समेत गर्न कहिल्यै गर्न  नचाहेको भन्दै उनीहरु सामाजिक संजालमा तिब्र आक्रोश पोख्न थालेका छन्।  

यसैको क्रेडिट लिन सके अधिकारीले ओलीलाई बलियो टक्कर दिने सक्ने समेत आकलन गरिएको छ।  

  

Views: