d

झापा-५ : स्वतन्त्र उम्मेदवार तुलसी काफ्लेको चुनाव चिन्ह सूर्यमुखी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 झापा: राष्ट्र र राष्ट्रियताको पक्षमा खरो बहस गर्ने अधिवक्ता तुलसी प्रसाद काफलेले सूर्यमुखी चुनाव चिन्ह पाएका छन्।  झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट संघीय संसदमा स्वतन्त्र उम्मेद्वार रहेका अधिवक्ता काफ्लेलाई उक्त चुनाव चिन्ह प्रदान गरेको हो।  लामो समयदेखि वकालत पेशामा रहेका काफ्ले झापा गौरादह ४ स्थित जोरघरेका स्थायी वासिन्दा हुन्।  पटक पटक चुनाव जितेर गएकाहरु र पछिल्लो पटक चुनाव जितेर प्रधानमन्त्री बनेका के पी ओलीले यस क्षेत्रको विकासमा पूर्ण बेवास्ता गरेको र उनीहरुले विकासको मोडालिटी नै नबुझेकाले आफु वकालत पेशा छोडेरै भएपनि चुनाव लड्न आएको बताउने काफ्ले एमाले अध्यक्ष के पी ओली र संयुक्त गठबन्धनका साझा उम्मेदवार डा खगेन्द्र अधिकारी तथा अन्य दर्जन बढी संघीय उम्मेदवार विरुद्द चुनावी मैदानमा छन्।   

 

Views: