d

सत्ता गठबन्धनले आज विराटनगर र जनकपुरमा संयुक्त भेला गर्ने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 सत्ता गठबनधनले प्रदेशगत संयुक्त भेला आयोजना गर्न सुरु गरेको छ । आसन्न निर्वाचनलाई लक्षित गरेर संयुक्त रुपमा भेला आयोजना गर्ने निर्णय अनुसार शुक्रबार गण्डकी प्रदेशको पोखरा र लुम्बिनी प्रदेशको बुटवलमा सत्ता गठबन्धनले संयुक्त भेला आयोजना गरेको थियो।

प्रदेश १ को राजधानी विराटनगर र मधेश प्रदेशको जनकपुरमा प्रदेशस्तरिय भेला आज शनिवार हुने बताइएको छ। पोखरा र लुम्बिनी प्रदेशको भेलामा सत्ता गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए। भोलि कार्तिक ६ नेकपा माओवादी केन्द्रको समन्वयमा सुदूरपश्चिमको धनगढी र कांग्रेसको समन्वयमा कर्णाली प्रदेशको सुर्खेतमा भेला आयोजना हुने जनाइएको छ। 


 

Views: