d

रास्वपाकी उम्मेदवार डा तोसिमा कार्कीको उम्मेद्वारी खारेज 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डौ – निर्वाचन आयोगले ललितपुर क्षेत्र नम्बर ३ का उम्मेदवार डा तोसिमा कार्कीको उम्मेदवारी खारेज गरेको छ।  

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेकी कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य रही लाभको पदमा बहाल रहेको पुष्टि भएकाले निजको उम्मेदवारी अयोग्य कायम गरिएको आयोगले जनाएको हो । News/image: ujyalo online

डा कार्की लाभको पदमा बहाल रहेकाले उनको  उम्मेदवारी खारेज गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा उजुरी परेको थियो । उजुरीका आधारमा कार्यालयले सम्बन्धित उम्मेदवारलाई स्पष्टीकरण सोधी निर्णयका लागि आयोगमा स्पष्टीकरणसहितको कागजात पठाएको थियो । 
 

Views: