d

 राष्ट्रवादीको कुनै प्रतिस्पर्धी हुदैन - रोहित पौडेल

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाको सदस्य पदको लागि स्वतन्त्र उम्मेद्वारी दिएका रोहित प्रसाद पौड्यालले आफ्नो उम्मेद्वारी मतदाताको भावनाकै कारण भएको बताएका छन्।  झापाको गौरादहमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा आफ्नो उम्मेद्वारीबारे संचारकर्मीहरुलाई जानकारी गराउदै नेता पौड्यालले यसो भनेका हुन्।  सिलिन्डर चुनाव चिन्ह लिएर प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेद्वारी दिएका पौडेलले यस पटकको निर्वाचनमा ठुला र शक्तिशाली भनिएका राजनीतिक दलको पत्तासाफ हुने ठोकुवा गरे।  नेपाली जनताले यो पटक निर्वाचनमा भ्रष्टाचारीहरुलाई पाखा लगाउने बताउदै मुलुकमा बढेको बिदेशी हस्तछेपको विरुद्द मातादाताले सचेत भएर मतदान गर्नु पर्ने आवश्यकता औंल्याए। 

 'नेपाली जनता सचेत छन्, यो पटक सक्कली राष्ट्रवादी शक्तीलाई पहिचान गर्ने छन्।', पौडेलले भने।     

'देशको अर्थतन्त्र विकराल अवस्थामा गुज्रेको छ, यस्तो चौनातीपूर्ण अवस्थालाई जनताले बुझ्ने सकेनन् भने मुलुक श्रीलंकाको जस्तो हालतमा पुग्ने निश्चित छ।'

'म कसैलाई हराउन आएको होइन तर असत्यको पराजय हुनुपर्छ भन्ने मान्यता स्थापित गर्नकै लागि मैले उम्मेद्वारी दिएको हो।'

  मैले मेरो लामो राजनीतिक जीवनमा पहिलो पटक मुलुकको अवस्था गम्भीर मोडमा पुगेको महसुस गरेको छु, यो पीडादायी अवस्थाबाट मुलुकलाई बचाउन सकिएन भने इतिहासले हामीलाई धिक्कार्ने छ।', राष्ट्रियता प्रति संबेदनशील हुन मतदातालाई आग्रह गर्दै उनले बताएका छन्।  

तपाईंले कति मत ल्याएर जित्नु हुन्छ भन्ने पत्रकारको जिज्ञासाको जवाफ दिंदै पौडेलले भने,'मैले जित्ने वा हार्ने भन्दा पनि नेपाली जनताले मङ्सिर ४ गते गलत निर्णय गरे मुलुकले हार्ने निश्चित रहेको बताए।' 
'भोट तपाईं कसलाई दिनुहुन्छ मा जान्दिन तर एमसीसी र एसपीपी जस्ता देशद्रोहीपूर्ण क्रियाकलाप गर्नेहरु जनतालाई झुक्याउन आइरहेका छन्, म सचेत छु तपाईंलाई पनि सचेत हुन आग्रह गर्छु।'

'तपाईंको प्रतिस्पर्धी को हो भन्ने जिज्ञासामा नेता पौडेल भन्छन्, 'देश नरहे बिकास के का लागी? मेरो नैतिकताले देश बचाउनु पर्छ भन्छ, तपाईंलाई पनि देश बचाउन आग्रह गर्दछु, राष्ट्रवादीको कुनै प्रतिस्पर्धी हुदैन।'


 

Views: