d

नेकपा 'एस' लाई  राष्ट्रिय पार्टी  बन्न कठिन, कुन दललाई कति मत ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं- राष्ट्रिय पार्टी बन्न समानुपातिकतर्फ सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड कटाउन माधव नेपालको पार्टीलाई हम्मे हम्मे परेको छ । नेकपा एकीकृत समाजवादीले अहिलेसम्म २ लाख ९४ हजार मत बटुलेको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार एसको २ लाख ९४ हजार १८ मत आएको छ ।

No description available.

No description available.

यती मात्र मतले एस राष्ट्रिय पार्टी हुदैन । अहिलेसम्म १ करोड ३ लाख ७९ हजार ३ सय ५८ मत गनिएको छ । यो अवस्थामा थ्रेसहोल्ड कटाउनका लागि कम्तीमा पनि ३ लाख ११ हजार ३ सय ८० मत चाहिन्छ ।

एसलाई अहिलेकै अवस्थामा थ्रेसहोल्ड कटाउन १७ हजार ३ सय भन्दा धेरै मत कम परेको छ । सबैभन्दा धेरै मत पाएर नेकपा एमाले अग्रस्थानमा छ । एमालेले २७ लाख ७२ हजार ९ सय ८५ मत पाएको छ भने दोस्रो स्थानमा नेपाली कांग्रेसको २६ लाख ४३ हजार २९६ मत छ ।

नेकपा माओवादी केन्द्रले ११ लाख ६१ हजार १ सय ७३ मत पाएका छ । चौंथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार ४ सय १६ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँचौँ स्थानमा ५ लाख ८५ हजार ८ सय ८७ मत पाएको छ ।

जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९ सय २८ तथा जनमत पार्टीले ३ लाख ९४ हजार ३ सय ४० मत पाएको छ । नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६५७ मत पाएको छ भने लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६७ हजार २ सय ७८ मत पाएको छ । अरु कुनै पनि पार्टीले एक लाख मत कटाएका छैनन् ।

यो निर्वाचनमा जम्मा १ करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता थिए । त्यसमध्ये ६१ प्रतिशत अर्थात् करिब १ करोड ९ लाख मत खसेको छ । राजनीतिक दलसम्बन्धी ऐनमा प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ खसेको सदर मतको कम्तीमा ३ प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने उल्लेख छ ।

अहिलेसम्म सात दलले ‘थ्रेस होल्ड’ सीमा पार गरिसकेका छन् । एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा नेपाल र जनमत पार्टीले गणना भएको मतबाट ३ प्रतिशतभन्दा बढी मत कटाएका छन् । २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाँच दलले निर्वाचन ऐनले तोकेको थ्रेस होल्ड पार गरी राष्ट्रिय दलको मान्यता पाएका थिए । सो निर्वाचनमा एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल र सङ्घीय समाजवादी फोरम नेपालले राष्ट्रिय मान्यता प्राप्त गरेका थिए । योबेला।  

उक्त निर्वाचनमा एमालेले ३१ लाख ७३ हजार चार सय ९४, कांग्रेसले ३१ लाख २८ हजार तीन सय ८९, माओवादी केन्द्रले १३ लाख तीन हजार सात सय २१, राजपा नेपालले चार लाख ७२ हजार दुई सय ५४ र सङ्घीय समाजवादी फोरम नेपालले चार लाख ७० हजार दुई सय एक मत प्राप्त गरेका थिए ।

Views: