d

संसद् सचिवालयले लेखेको पत्र कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं, २३ मंसिर । सर्वोच्च अदालतको संवैधानिक इजलाशले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरूद्धको महाअभियोग निष्प्रभावी भएको भन्दै संसद सचिवालयका महासचिव डा. भरत गौतमले लेखेको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। शुक्रबार बसेको संवैधानिक इजलासले उक्त अन्तरिम आदेश दिएको हो ।


संसद सचिवालयका महासचिव डा. गौतमले बुधबार जबराविरुद्धको महाभियोग निष्प्रभावी भएको पत्र दिएका थिए । बुधबार नै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहितले उक्त पत्र कार्यान्वयन नगराउन अन्तरिम आदेश माग गर्दै संवैधानिक इजलासमा रिट दिएका थिए।

सो रिटको सुनुवाइ गर्न संवैधानिक इजलाश गठन भएको थियो । इजलाशमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा थिए । file photo

Views: