d

संस्थागत बिद्यालयहरु राज्यको महत्त्वपूर्ण हिस्सा हुन् - हिक्मत कार्की 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् नव निर्वाचित प्रदेश सभा सदस्य हिक्मत कुमार कार्कीले निजी बिद्यालयहरु राज्यको महत्त्वपूर्ण हिस्सा भएको बताउनु भएको छ । गौरादह नगर प्याब्सन द्वारा गौरादह ७ स्थित कन्चनजनंघा मा वि परिसरमा आयोजित दुई दिवसिय सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै नेता कार्कीले यसो भन्नुभएको हो । निजि क्षेत्रको लगानीमा संचालित बिद्यालयले देश बिकासमा अतुलनीय योगदान पुर्याएको चर्चा गर्दै वहाँले संस्थागत बिद्यालय र सामुदायिक बिद्यालयबिच समन्वय हुनु जरुरी रहने र यसको लागि राज्यले विभेदकारी नीति त्याग्नु जरुरी रहेको आवस्यकता औल्याउँनु भयो ।

'देश बिकासको मेरुदण्डको रूपमा रहेका संस्थागत विद्यालयले उत्पादन गरेको दक्ष जनशक्तिकै कारण आज देश बिकासको मार्गचित्र तयार हुँदैछ, यो कुरा सरकारले महसुस गर्न सक्नुपर्छ भन्ने मेरो मान्यता हो', वहाँले भन्नुभयो । 

आफू प्रदेश मन्त्री रहेको बेला तत्कालीन प्रधानमन्त्री के पी ओलीलाई संस्थागत बिद्यालयलाई कसरी समेटेर लान सकिन्छ भन्ने सम्बन्धमा बुदागत रूपमा लिखित सुझाव प्रस्तुत गरेको स्मरण गर्दै नेता कार्कीले आगामी दिनमा आफुले अझै सशक्त भुमिका खेल्ने आश्वासन दिनुभएको छ । 

दुई दिन सम्म चल्ने सांस्कृतिक कार्यक्रममा नगर भित्रका संस्थागत बिद्यालयका विद्यार्थीबिच  गायन र नृत्य प्रतियोगिता आयोजना गरिएको प्याब्सनका नगर सचिब कुमार पौड्यालले बताउनुभयो ।

No description available.

 

No description available.

 

No description available.

 

No description available.

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

Views: