d

कामचलाउ सरकारले नयाँ संसदको अधिकार मिच्ने प्रयास गरेको छ : ज्ञानेन्द्र शाही 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

सुर्खेत । जुम्लाबाट प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले कामचलाउ सरकारले नयाँ संसदको अधिकार मिच्ने प्रयास गरेको आरोप लगाएका छन्।  सरकारले संविधान मिचेर ल्याउन लागेको अध्यादेशले विधिको शासनको उल्लङ्घन र संविधान माथिको सिधा हस्तक्षेप भएको बताएका हुन्।  
 नेपाली जनता र राष्ट्रको हित विपरीत हुने गरी निर्वाचन भइसकेपछि संसद सुरु नहुँदै काम चलाउ हैसियतको सरकारले आगामी सत्ता स्वार्थका लागि सौदाबाजि सहज गर्नलाई संविधान मिचेर ल्याउन लागेको अध्यादेशले विधिको शासनको उल्लङ्घन र संविधान माथिको सिधा हस्तक्षेप भएको र सरकारको आयु सकिएर नयाँ निर्वाचन भइसकेपछि जनताको मतलाइ लत्याएर नयाँ संसदको अधिकार मिच्ने प्रयास गरेको उनले बताए ।
 यो कामचलाउ सरकारले गरेको अनैतिक अध्यादेश असंवैधानिक छ । तत्काल यो गलत प्रक्रियाबाट आएको अध्यादेशलाई खारेज गर्नुपर्छ । कुनै व्यक्तिलाई केन्द्रित गरेर ल्याउन खोजेको अध्यादेशको घोर निन्दा गर्दै यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा भएकोले यो तत्काल फिर्ता हुनुपर्ने उनको भनाई छ ।

Views: