d

 अध्यादेश राष्ट्रपतिले रोक्नुपर्छ - राप्रपा प्रवक्ता मोहन श्रेष्ठ 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले कामचलाउ सरकारले ल्याउने अध्यादेश स्वार्थपूर्ण सत्ता केन्द्रित राजनीतिको फोहोरी सुरुवात भएको बताएका छन्।  सामाजिक संजालमा लेख्दै प्रवक्ता श्रेष्ठले कामचलाउ सरकारले ल्याउने अध्यादेश राष्ट्रपतिले रोक्नुपर्ने बताएका हुन्  ।

 टिकापुर घटनाका आरोपी रेशम चौधरीको रिहाइको लागि अध्यादेश ल्याउने निर्णय  गरेपछि प्रवक्ता मोहन श्रेष्ठले नयाँ जनादेश आइसकेको अवस्थामा अध्यादेश ल्याउनु अनुचित, अनैतिक र आपत्तिजनक रहेको बताए ।

‘कुनै अग्रसरता नदेखाएको र अहिले कामचलाउ अवस्थामा अध्यादेश ल्याइनु स्वार्थपूर्ण सत्ता केन्द्रित राजनीतिको फोहोरी सुरुवात हो । राष्ट्रपति महोदयले कामचलाउ सरकारले ल्याएको अध्यादेशलाई रोक्नुपर्छ’, श्रेष्ठले सामाजिक सञ्जालमा लेखेको छन् ।

Views: