d

इलाम–१ को निर्वाचन बदर गर्न माग गर्दै खनाल द्वारा सर्वोच्च अदालतमा रिट

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाडौं, २८ मंसिर । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलाम–१ को निर्वाचन बदर गर्न माग गर्दै  सर्वोच्च अदालतमा रिट निवेदन दाएर गरेका छन् ।


रिट निवेदनमा निर्वाचन अधिकृतले गरेको निर्वाचन परिणाम घोषणा बदर गरी पुनः मतदान हुनुपर्ने माग छ । संवैधानिक इजलासमा दायर गरिएको रिट निवेदनमा निर्वाचन आयोग, इलाम–१ को निर्वाचन अधिकृतको कार्यालय, इलामको मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय इलाम, जिल्ला निर्वाचन अधिकारीसहित सङ्घीय संसद् सचिवालय विपक्षी बनाएको छ ।

उक्त निर्वाचन क्षेत्रबाट नेकपा ९एमाले० का महेश बस्नेतले २५ हजार सात सय ५३ मत प्राप्त गरी निर्वाचित भएका थिए । नेता खनालले २३ हजार ८९ मत प्राप्त गरेका थिए ।

Views: