d

अध्यादेश तुहाउने षड्यन्त्र गरे सशक्त आन्दोलन गर्ने थारु कल्याणकारिणी सभा/थरुहट/थारुवान संयुक्त संघर्

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं, २७ मंसिर । थारु कल्याणकारिणी सभा/थरुहट/थारुवान संयुक्त सघर्ष समितिले हालै सरकारले ल्याएको अध्यादेश संविधानसम्म्त भएको भन्दै स्वागत गरेको छ । समितिले मुलुकी फौजदारी संहिता कार्यविधि सम्बन्धमा संविधानसम्मत ल्याएको अध्यादेश सकारात्मक एवं स्वागतयोग्य रहेको दाबी गरेको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले उक्त अध्यादेशको समर्थन गर्दै स्वागत गरेको हो । र, राष्ट्रपतिबाट यथाशिघ्र प्रमाणिकरण गरिने संघर्ष समितिको विश्वास छ ।

पहिचान र अधिकारको लागि थारु कल्याणकारिणी सभा/थरुहट/थारुवान संयुक्त सघर्ष समितिको शान्तिपूर्ण आन्दोलनको क्रममा २०७२ भाद्र ७ गते भएको रहस्यमयी दुःखद टिकापुर घटनाको झुठा मुद्दा लगाइएका थारु नेता तथा कार्यकर्ताहरुको मुद्दा फिर्ता एवं बन्दिहरुलाई अविलम्ब रिहाइ गर्न पनि समितिको माग छ । समितिले अध्यादेशको पूर्ण समर्थन गर्दै सो को कार्यान्वयनको लागि माग गरेको छ। र, उक्त अध्यादेश कार्यान्वयन नभए सशक्त आन्दोलन गर्न बाध्य हुनेपनि समितिको चेतावनी छ ।

समितिले अध्यादेशको पक्षमा विभिन्न सांकेतिक कार्यक्रमहरु समेत आयोजना गर्ने भएको छ । समितिले बुधबार थरुहट÷थारुवानको सबै जिल्लाहरुमा अध्यादेशको पक्षमा शान्तिपूर्ण जनपरिचालन तथा ¥याली गर्ने भएको छ । त्यस्तै,  बुधबार नै अपरान्ह १ बजे काठमाडौंस्थित् माइतीघर मण्डलामा अध्यादेश कार्यान्वयनको पक्षमा धर्ना तथा जुलुस निकाल्ने भएको छ । 

News/Photo: Reportersnepal

Views: