d

म छिट्टै प्रधानमन्त्री बन्छु : प्रचण्ड

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

कास्की – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू छिट्टै प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताएका छन्।   आज बुधवार कास्कीको अन्नपूर्ण गाउँपालिका १ मा रहेको महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्ती महोत्सवको उद्घाटन गर्दै उनले यसो भनेका हुन्।   

अध्यक्ष प्रचण्डले आफू तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने बताउँदै तेस्राे कार्यकालमा अझ राम्रो काम गर्ने अठोट समेत गरे । पहिलो कार्यकाल राम्रोसँग विधि–प्रक्रिया बुझ्नै नपाइ गएको र दोस्रो कार्यकालमा देशका लागि केही महत्त्वपूर्ण काम गरेको प्रचण्डको भनाई थियो।  

 आफू नेतृत्वमा पुगे भ्रष्टाचार नियन्त्रण गरेर देशको आर्थिक विकासमा लाग्ने उहाँले दाबी गरे। 

कार्यक्रममा बाेल्दै उनले आउँदाे चुनावमा कास्कीबाट उठ्ने बताए । 

Views: