d

संविधानको ज्ञान भएको व्यक्तिलाई राष्ट्रपति बनाउनु पर्ने पुर्व राष्ट्रपति यादवको भनाई 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले राष्ट्रपति संवैधानिक र राजनीतिक पद भएकाले त्यसमा राजनीतिक अनुभव भएका व्यक्ति र संविधानको ज्ञान भएको व्यक्तिलाई राष्ट्रपति बनाउँनुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको शनिबार काठमाडौँमा आयोजित साधारणसभा उद्घाटन कार्यक्रममा डा.यादवले यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन् ।

आमनिर्वाचन सफल रुपमा सम्पन्न भएकोमा दल र जनतालाई धन्यवाद दिँदै डा. यादवले संविधानले परिकल्पना गरेका संस्थाहरु निर्माण र संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, समावेशी समानुपातिकतालाई बजबुत बनाउन दलहरु मिल्नु आवश्यक रहेकोमा जोड दिए ।

उनले भने, ‘प्रतिनिधिसभा बस्न लागेको छ । सरकार बन्छ । सबैले लोकतन्त्रको पद्धतिअनुसार संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, समावेशी समानुपातिकतालाई कसरी बजबुत गर्दै लैजाने, लोकतान्त्रिक संस्थाहरु निर्माण गर्ने, ती संस्थाहरुबाट देशको प्रजातन्त्र, लोकत्नत्रलाई मजबुत गर्ने । देशमा सहकार्य, समृद्धिको यात्रामा मिलेर दलहरुले आ आफ्नो जिम्मेवारी निर्वाह गरोस् ।’

Views: