d

चीनमा कोभिडको नयाँ लहर देखियो 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । चीनमा कोभिड १९ संक्रमणको नयाँ लहर सुरु भएको छ।  गत शनिबार सम्मको तथ्यांक अनुसार थप २ हजार ९७ जनामा लक्षणसहितको कोभिड १९ संक्रमण देखिएको पाइएको हो ।सँगै चीनका प्रमुख सहरका सडकहरू सुनसान देखिन थालेका छन् । भाइरसबाट बच्न सर्वसाधारण घरमै बस्न थालेपछि यस्तो देखिएको  हो । हिउँद यामको सुरुसँगै कोभिड १९ को तेस्रो लहर सुरु भएको चीनका स्वास्थ्य अधिकारीहरुलाई उधृत गर्दै अन्तराष्ट्रिय संचारमाध्यमहरुले बताएका छन्।    अर्काे महिना सुरु हुने चिनियाँ नयाँ वर्षमा छुट्टी मनाउन ठुलो संख्यामा मानिस घर फर्कंदा संक्रमण झन् थपिने उनीहरुको भनाइ छ ।

सर्वसाधारणको ठुलो विरोधपछि चीनले दुई साताअघि शून्य कोभिड १९ नीति परित्याग गरेको थियो। योसँगै ठूलोस्तरमा गरिने भाइरस परीक्षण पनि बन्द भएको छ । 

Views: