d

वामपन्थीको सरकार बन्छ भन्नु जनता अल्मल्याउने कुरा मात्र हो - माधव नेपाल

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वामपन्थीको सरकार बनाउने विषय जनता अलमल्याउने कुरा मात्र भएको बताएका छन् ।

सोमबार काठमाडौँमा पार्टीबाट निर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा अध्यक्ष नेपालले अहिले सरकार गठनको विभिन्न चर्चा परिचर्चा हुन थालेको र वामपन्थी मिलेर सरकार बनाउने कुरा आएको भन्दै जनता अलमल्याउने काम हुन थालेको बताए ।

उनले कम्युनिस्ट आन्दोलन विसर्जन भइरहेको देख्दादेख्दै पुरानै अवस्थामा आफूहरू फर्कन नसक्ने पनि बताए । अध्यक्ष नेपालले गठबन्धनका दलहरू आन्तरिक छलफलमा रहेकाले एकै ठाउँमा बसेर सरकार गठनको समीकरण टुङ्गो लगाउने धारणा राखे । अहिलेकै गठबन्धनलाई लामो समयसम्म कायम आफूहरू प्रतिबद्ध रहेको भन्दै उनले गठबन्धनभित्रकै दलहरूका नेताहरूमा अहङ्कार पलाए जस्तोसुकै स्थितिको सामना गर्न तयार हुने बताए ।

त्यस्तै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिले सरकार गठनको विभिन्न कोणबाट छलफल भए पनि बाम लोकतान्त्रिक शक्तिको सरकार बन्ने सम्भावना प्रबल रहेको धारणा राखे । उनले वामपन्थी सरकार बन्ने आधार एमाले नेतृत्वले यसअघि नै तोडेकाले अहिले वामपन्थी सरकार बन्न नसक्ने तर्क गरे ।

नेपालले आगामी सातासम्म सरकारको बारेमा टुङ्गो लाग्ने जिकिर गरे ।

Views: