d

सांसदहरुलाई  दिईने सुन, चाँदी र तामा जडित प्रतीक चिह्नको खर्च १६ लाख 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाण्डाै – सङ्घीय संसद् सचिवालय आउँदो ७ गते बिहीवार प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यलाई शपथ ग्रहण गराउन गृहकार्यमा जुटेको छ । त्यसका लागि धेरै तयारी लगभग पूरा भइसकेको संसद् सचिवालयले जनाएको छ । 

सचिवालयले शपथसँगै नवनिर्वाचित सदस्यलाई सङ्घीय संसद्को प्रतीक चिह्न लोगो प्रदान गर्नेछ । लोगो तयार भइसकेको छ । संसद् सचिवालयले सुन, चाँदी र तामा जडित प्रतिलोगो पाँच हजार आठ सय रुपैयाँको लागतमा तयार भएको जनाएकाे छ । 

हिसाब गर्दा दुई सय ७५ वटा सांसदका लागि लोगो बनाउन १५ लाख ९५ हजार रुपैयाँ परेको देखिएको छ । सचिवालयले केही थान लोगो बढी नै छाप्ने भएकाले १६ लाख रुपैयाँभन्दा धेरै खर्च भएको अनुमान छ ।  उज्यालो।  

Views: