d

धोबीखोला किनार महानगरले चलायो डोजर, भत्किए स्कूलका टहरा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । धोबीखोला किनारका बस्तिमा महानगरले डोजर चलाउन थालेको छ । काठमाडौँ महानगरपालिकाले अनामनगर तथा धोबीखोला नदी किनार क्षेत्रमा बनेका अवैध संरचना भत्काउन सुरु गरेको बताइएको हो ।

बुधबार महानगरको डोजर अनामनगरको धोबीखोला नदी किनारमा बनेका अवैध संरचना हटाउन पुगेको छ।
अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कुलले निर्माण गरेका टहरा तथा पर्खाल भत्काइसकेको छ । यस्तै हाल सो आसपासमा नदी किनारमा बनेका अवैध संरचना भत्काउने महानगरले जनाएको छ ।

धोविखोलास्थित देवीनगरको सरकारी जग्गामाथि अवैध रूपमा बनाइएका संरचनामा डोजर चलाएको काठमाडौँ महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए।

Views: