d

टुट्यो गठबन्धन, प्रचण्डलाई प्रधानमन्त्री बन्न ‘१६६ सांसदको साथ’

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर राष्ट्रपतिको कार्यालय शीतलनिवास जाने तयारी गरिएको छ । सहमति जुटे संगै लामो समय रहेको सत्ता गठबन्धन पनि धरासायी बनेको छ।  

नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका नेताहरू शीतलनिवास जान लागेका हुन् । प्रचण्डले ती दलका सांसदको समर्थन जुटाएको बताइएको छ ।


एमालेको ७८ सिट, माओवादी केन्द्रको ३२, रास्वपाको २०, राप्रपाको १४, जसपाको १२, जनमत पार्टीको ६ र नागरिक उन्मुक्तिको चार सिट गरी १६६ सांसदको समर्थन लिएर प्रचण्ड शीतलनिवास जान लागेका हुन् ।

 प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर आफूहरू शीतलनिवास जान लागेको बताइएको छ।  
 

Views: