d

राप्रपा सरकारमा सहभागी हुने विषय अनिर्णित 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नयाँ सरकार निर्माण प्रक्रियामा सहयोग गर्ने निर्णय गरेपनि सरकारमा सहभागिताकै विषयमा भने निर्णयमा पुगेको छैन । प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गरेको राप्रपाले सरकारमा जाने की नजाने भन्ने बारेमा आगामी बैठकले निर्णय गर्ने बताइएको हो। 

‘राप्रपाले राजनीतिक स्थिरताका लागि नयाँ सरकार गठन निर्माणमा सहयोग गर्ने, साथै सरकारमा सहभागी हुने वा नहुने भन्ने अर्को बैठकमा छलफल गर्ने निर्णय गरेको राप्रपाका नेताहरुले जनाएका छन्।  


एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा नयाँ सरकार गठनबारे छलफलपछि राप्रपाले पदाधिकारी बैठक डाकेको थियो । सो बैठकले नयाँ सरकार बनाउन अनिर्णयको बन्दी नबन्ने निर्णय गरेको उनको भनाइ छ ।

Views: