d

राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीले सक्रिय हस्तक्षेप गर्ने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery


काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा राजनीतिक घटनाक्रमले नाटकीय मोड लिएको बताएका छन्।  

पार्टीको सुदूरपश्चिम प्रदेशले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यमा निर्वाचित नेतालाई बधाई तथा शुभकामना दिन  मङ्गलवार आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनका केही नेताको असमझदारीका कारण राजनीतिमा एकाएक परिवर्तन आएको बताए। राजनीतिमा परिवर्तन आएको भए पनि आत्तिनुपर्ने अवस्था नरहेको बताउँदै नेता नेपालले  आफ्नो पार्टीको राष्ट्रिय राजनीतिमा सक्रिय हस्तक्षेपको खाँचो औंलाए । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले पार्टी सङ्गठनलाई देशभर विस्तार गरी नयाँ आधार तय गर्न सबै तहका नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै नागरिककाे सेवालाई केन्द्रमा राखेर राजनीति गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
 

Views: