d

निर्वाचन आयोग विरुद्द बालेन पुगे सर्वोच्च

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं, १९ पुष । काठमाडौं महानगरपालिका नगरप्रमुख बालेन्द्र शाह उर्फ बालेनले आज सर्वोच्च अदालत पुगेका छन्। उनी केन्द्रीय निर्वाचन आयोग, जिल्ला निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयविरुद्ध सर्वोच्च अदालत पुगेका हुन्।


निर्वाचन आयोगले उनीमाथि समयमै निर्वाचन खर्च नबुझाएको आधारमा ७ लाख ५० हजार जरिवाना तोकेको थियो। यस्तै ७ लाख ५० हजार रुपैयाँ चुनावी खर्च गर्न पाउने भएपनि आफूले ३ लाख ९४ हजार ४८९ रुपैयाँ मात्रै खर्च भएको विवरण शाहले बुझाएको बताएका छन्। सोही जरिवानाको विरुद्धमा मेयर शाह सर्वोच्च पुगेका हुन्।

मेयर शाहले रिट निवेदनमा म्याद सकिने ३० औं दिन अर्थात २०७९ असार ११ गते शनिबार सार्वजनिक बिदा परेको र त्यसको भोलिपल्ट आइतबार आफूले खर्च विबरण पेश गरेको बताएका छन्।

‘३० दिने म्यादको अन्तिम दिनमा विदा परेकाले त्यसको लगत्तै अड्डा खुलेको पहिलो दिनमा विबरण पेश गर्न सकिने कानूनी आधार रहेको हुँदा सोही बमोजिम खर्च विबरण पेश गरेको थिए,’ सर्वोच्चमा पेश गरिएको रिट निवेदनमा भनिएको छ ।

उनी १० पृष्ठ लामो रिट निवेदनसहित सर्वोच्च पुगेका हुन्। शाहले अदालतबाट तत्काल आवश्यक र उपयुक्त आन्तरिक आदेश जारी गर्न माग गरेका छन्।

Views: