d

गृहमन्त्रीले गरे जिल्ला प्रशासन कार्यालयको अनुगमन 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

मङ्सिर २१, काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा भइरहेका सेवा प्रवाहको अवस्थाका बारेमा जानकारी लिएका छन् ।

बिहीबार काठमाडौँ प्रशासन कार्यालय पुगेर लामिछानेले विभिन्न सेवामा सुरु गरिएको टाइम कार्डको कार्यान्वयनको अवस्था र अन्य सेवा प्रवाहका बारेमा जानकारी लिएका हुन् । सो क्रममा उपप्रधान एवं गृहमन्त्री लामिछानेले सेवा प्रवाहरुलाई थप प्रभावकारी बनाउन निर्देशन दिएको बताइएको छ। ।

उनले प्रशासन कार्यालयले सहज रुपमा सेवा दिनका लागि मन्त्रालयबाट आवश्यक सहयोग हुने समेत गृहमन्त्रीबाट प्रतिवद्धता आएको बताए ।

Views: