d

राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा नदिए राप्रपा सरकारमा नजाने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन राष्ट्रिय एकता दिवसको दिन सार्वजनिक बिदा दिए मात्र सरकारमा जाने अडान राखेको छ । पुस २७ गते एकता दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाएर सार्वजनिक बिदा दिनुपर्ने अडान पार्टीले लिएको हो ।

राप्रपाको गत बुधबार बसेको कार्यसम्पादन समिति बैठकमा सरकारका जाने वा नजाने विषयमा गहन छलफल भएको थियो । उक्त बैठकले गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रममा आफ्नो एजेन्डाहरू समावेश भएको खण्डमा सरकारमा सहभागी हुने औपचारिक निर्णय लिएको छ । पार्टीले राष्ट्रियता, स्वाधीनता, सुशासन, विकास र सेवा प्रवाह गरी ५ विषयमा रहेर आफ्ना एजेन्डा प्रस्तुत गर्ने निर्णयसमेत गरेको छ ।

 पुस २७ गते एकता दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाएर सार्वजनिक बिदा दिनुपर्ने विषयमा सहमति नभएको खण्डमा अरु कुराहरू अगाडि नै बढ्दैन र सरकारमा जाने ढोका बन्द हुने राप्रपाक नेताहरुले बताउदै आएका छन् ।

Views: