d

माधव - उपेन्द्र पार्टी एकताको तयारीमा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडाैँ । काठमाडौँ । नेकपा एकीकृत समाजवादी र जतना समाजवादी पार्टीबीच एकीकरणको तयारी भइरहेको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एस र उपेन्द्र यादव नेतृत्वको जसपा पछिल्लो निर्वाचनपछि आकारमा खुम्चिएका कारण यी दल एकीकरणका लागि अग्रसर हुँदै गएको बुझिएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार, नीति र विधि मिल्ने पार्टीसँग एकता गर्दै अघि बढ्ने उल्लेख गरे । ‘पहिले जनता समाजवादी पार्टी नेपालसँग वार्ताको प्रक्रिया आरम्भ गर्नेछौँ, विषय वस्तुकोबारे मा छलफल हुनेछ, त्यसपछि सहकार्यका प्रक्रियादेखि पार्टी एकताको प्रक्रियासम्म कुराकानी हुनेछ । अन्य दलसँग पनि विभिन्न तवरमा कुरा हुनेछ ।’ नेपालले भने ।

जसपाले प्रधानमन्त्रीमा पुष्पकमल दहाल ‘प्रचण्ड’लाई समर्थन गरेर पनि सरकारमा सहभागी भएको छैन । नेकपा एसले भने समर्थन पनि गरेको छैन । सोमबार सकिएको एकीकृत समाजवादीको पोलिटब्युरो बैठकले सरकारमा सहभागितालाई लिएर ठोस निर्णय गर्न सकेन । बरु उसले केन्द्रीय सचिवालयलाई अधिकार दिएको छ ।

अहिले दुवै पार्टी एकीकरण गरेर नयाँ समीकरण बनाउँदै र नयाँ सम्भावना खोज्न अग्रसर देखिएका छन् । जसलाई दुवै पार्टीका नेताहरुले स्वीकार गरेका छन् । शीर्ष तहमा भइरहेका भेटघाटले दुई पार्टीबीच एकताको सम्भावनालाई बलियो आधार दिएको देखिन्छ । अघिल्लो हप्ता जसपा अध्यक्ष यादवले एकीकृत समाजवादीका अध्यक्ष नेपाल र ‘सम्मानित नेता’ झलनाथ खनालसँग छुट्टाछुट्टै भेटेका थिए ।

जसपा प्रवक्ता मनिष सुमनले एकीकृत समाजवादीसँगको एकीकरणका बारेमा अहिले नै कुनै ठोस दाबी गर्न नसकिने बताए । उनले पार्टी बैठकमा भने यस बारेमा कुराचाहिँ उठेको बताए । ‘हामीले विचार र मुद्दाहरु मिल्नेहरुसँग एकीकरण गर्ने पक्षमा सुरुदेखि नै नीति लिएका छौँ’, उनले नभने, ‘एकीकृत समाजवादीसँग पनि हाम्रो कुरा नहुने होइन । तर, अहिले नै म ठोस रुपमा भन्न सक्दिनँ ।’

जसपा र एकीकृत समाजवादीबीच एकता भएमा सो पार्टी प्रतिनिधि सभामा २२ सिट सहित चौथौ ठूलो दल बन्नेछ ।

Views: