d

प्रदेश १ मा राप्रपाबाट भक्ती सिटौला मन्त्री नियुक्त

Views:
Responsive Image Gallery
Responsive Image Gallery

विराटनगर: प्रदेश १ को ४ सदस्यीय मन्त्री परिषदमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट भक्ती सिटौला मन्त्री बनेका छन्।  मुख्य मन्त्री सहित ३ मन्त्रीहरुले  सपथ लिएका छन्।  जिम्मेवारी बाँडफाँट भने भएको छैन।  
। 

सिटौला सहित एमालेका तिलकुमार मेन्याङ्बो, जसपाका निर्मला लिम्बु मन्त्री नियुक्त भएका छन् । 
माओबादी केन्द्रले सरकारमा सामेल हुने भनेता पनि  प्रदेश सरकारमा सम्मानजनक भूमिका नपाएको र आलोपालोको ग्यारेन्टी नभएको भन्दै  माओवादी केन्द्रले तत्काल सरकारमा नजाने बताएपछि तीन दलको संलग्नतामा सरकार गठन भएको छ ।

हिजो आइतवार मुख्यमन्त्रीको दाबी पेस गर्दा भने माओवादीले एमाले नेता कार्कीलाई समर्थन दिएको थियो । मुख्यमन्त्री तथा मन्त्रीहरूले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । 

Views: