d

मन्त्रालयको संख्या ९ वटामा सीमित गर्ने प्रदेश १ सरकारको पहिलो निर्णय

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 
विराटनगर । प्रदेश १ सरकारको पहिलो मन्त्री परिषद् बैठकले अहिले रहेको १३ वटा मन्त्रालयको संख्या घटाएर ९ वटामा सीमित गर्ने निर्णय गरेको छ। आज साँझ मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बसेको बैठकले मन्त्रालय घटाउने लगायतका विभिन्न निर्णय गरेको हो ।
हाल प्रदेशमा १३ वटा मन्त्रालय रहेका छन् । मन्त्रालय र मन्त्री धेर भएको भन्दै आलोचना भइरहँदा नव निर्वाचित मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रालयको संख्या घटाएर मितव्यी प्रदेश सरकार बनाउने बताएका थिए । बैठकले प्रदेश १ को प्रशासनिक सुधारको नीति लिइने निर्णय गरेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ। त्यस्तै शीत लहरबाट जनतालाई जोगाउने, सेवा प्रवाह सुधारमा प्रमुख सचिवको नेतृत्वमा सुधार समिति बनाउने पनि निर्णय गरेको छ ।

विना विभागीय मन्त्री भक्ति सिटौलाका अनुसार शीत लहरबाट हुने क्षति कम गर्न सबै खालका उपायहरू अवलम्बन गरिने निर्णय भएको छ। सेवा प्रवाह र विस्तारका बारेमा २१ दिन भित्र प्रतिवेदन पेस गर्नेगरी मुख्य सचिवको नेतृत्वमा समिति बनाइएको सिटौलाले बताए । स्थानीय तहको सेवा सर्त र सुविधालाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । 

मन्त्रालयको संरचना जनअपेक्षा अनुसार नभएकोले संख्या घटाउन आवश्यक प्रक्रिया अघि बढाउने निर्णय भएको मन्त्री सिटौलाले बताए ।

Views: