d

चित्रबहादुर केसी र प्रेम सुवालले दिएनन् प्रचण्डलाई मत 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमदल दाहाल प्रचण्डले प्रतिनिधि सभाका २६८ सांसदको विस्वासको मत पाएका छन् । उनलाई जम्मा २ जना सांसदको विश्वासको मत दिएनन् ।

याेसँगै प्रचण्डले प्रधानमन्त्री कायम रहन विश्वासकाे पर्याप्त मत प्राप्त गरेर विश्वासको मत पुगेको प्रमाणित भएकाे छ ।

संसदको मंगलबारको बैठकमा जम्मा २७० सांसद उपस्थित थिए । ५ सांसद अनुपस्थित थिए । अनुपस्थित मध्ये नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ भने निलम्बित भएका कारण संसदमा उपस्थित भएनन् ।

त्यस्तै, उनलाई राष्ट्रिय जनमोर्चाका संसद चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विपक्षमा मतदान गरेका छन् ।

Views: