d

पृथ्वी जयन्तीको अवसरमा राजेन्द्र लिङदेन र कमल थापा एकठाउँमा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । पृथ्वी जयन्तीको अवसरमा चियापानमा कार्यक्रममा राजेन्द्र लिङदेन र कमल थापा एकसाथ देखिएका छन् । पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आयोजना गरेको चियापान कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि पुगेका थिए ।

यसअघि राप्रपाको अध्यक्षमा लिङदेन निर्वाचित भएपछि कमल थापाले सो पार्टी छाडेका थिए । तर आज पृथ्वी जयन्तीको अवसरमा लिङदेनको पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा उनी खुसीसाथ उपस्थित भएका छन् ।

सो कार्यक्रममा एमाले अध्यक्ष के पी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी थिए । तस्बिर: दैनिक नेपाल 

Views: