d

शाह वंशीय राजसंस्था कहिले चुकेको छैन - ज्ञानेन्द्र शाह 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अङ्क र आकार प्रकारमा राजनीति अलमलिएको बताउनु भएको छ। पूर्व राजाले पृथ्वीनारायण शाहको ३०१ औँ जयन्तीमा सन्देश दिँदै यस्तो बताउनु भएको हो । 

वहाँले विचार,आदर्श र सैद्धान्तिक निष्ठाभन्दा अङ्क र आकार प्रकारमा हाम्रो राजनीति अलमलिएको बताउनु भएको छ । ‘सेवा र सुरक्षा दिन नसक्ने प्रजातन्त्रको जुनसुकै नाम र आवरणमा अभ्यास गरे पनि यसबाट राष्ट्रमा सुख हुन सक्ने छैन। विचार,आदर्श र सैद्धान्तिक निष्ठाभन्दा अङ्क र आकार प्रकारमा हाम्रो राजनीति अलमलिएको छ। त्यसैले राज्य पद्धति र प्रणाली सही प्रकारले पुनरावलोकन हुन आवश्यक देखिन्छ’,पूर्व राजालेले भन्नि भएको छ।  

पूर्वराजा शाहले वर्तमान राज्य प्रणाली र गणतान्त्रिक व्यवस्थाप्रति मुलुक खुसी नरहेको पनि बताउनु भएको छ । वहाँले सन्देशमा भन्नु भएको छ,' राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त मात्र हुन्छ भन्ने हामीले ठानेका छौ । सेवा र सुरक्षा दिन नसक्ने प्रजातन्त्रको जुनसुकै नाम र आवरणमा अभ्यास गरे पनि यसबाट राष्ट्रमा सुख हुन सक्ने छैन ।' 


वहाँले  वर्तमान अवस्थामा हामी धेरै नै पराङमुखी, परनिर्भर र परावलम्बी हुँदा गएको बताउनु भएको छ । 

'इतिहास र भविष्य तथा नेपालीको स्वाभिमान सुरक्षित एवं संरक्षित हुन सक्छ भन्ने विश्वास लिएका छौं । वर्तमान अवस्थामा हामी धेरै नै पराङमुखी, परनिर्भर र परावलम्बी हुँदै गएका छौ । राष्ट्रको माटो, प्रकृति र आफ्नै प्रकारको प्रगति हाम्रा निम्ति प्रिय हुनु पर्दछ । हामी चाहन्छौँ- देश आफ्नै बाहुबलमा अघि बढोस्, राष्ट्र आफ्नै मौलिक मान्यतामा अघि बढोस्, सबै यत्न-प्रयत्न गतिविधि आफ्नै शैली ढाँचा तथा प्रक्रियाबाट अघि बढोस् ।' 

वहाँले शाह वंशीय राजसंस्था आफ्नो जिम्मेवारीबाट नचुक्ने समेत बताएका छन् । 'राज्य पद्धति र प्रणाली साह प्रकारले पुनरावलोकन हुनु आवश्यक राजनीतिक उतार चढावप्रति निरपेक्ष रहनु नेपाली राजसंस्था मौलिक विशेषता हो । राष्ट्र, राष्ट्रियता र जनहित प्रति समर्पित रहँदै समन्वयकारी जिम्मेवारी पुरा गर्न शाह वंशीय राजसंस्था कहिले चुकेको छैन ।', बताउनु भएको छ।  

Views: