d

सत्ता साझेदार दलबीच आज बैठक बस्दै, मन्त्रिपरिषद पूर्णता दिने तयारी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद बैठकबाट गत मंगलबार विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तारको तयारीमा लागेका छन् । सो बारेमा सत्ता साझेदार दलहरुसँगको छलफलमा तिव्रता दिएका छन् । सो विषयमा आन्तरिक छलफल गर्न आज बिहीबार पनि सत्ता साझेदार दलको बैठक बस्दैछ । 

बुधबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तामा बिहीबार सत्ता साझेदार दलको बैठक बोलाउने सहमति भएको थियो । ओली निवास बालकोटमा भएको भेटवार्तामा दुई नेताबीच मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको थियो । आजको सत्ता साझेदार दलबीचको बैठकले मन्त्रिपरिषद विस्तारमा सहमति गर्ने बताइएको छ। 

Views: