d

राप्रपालाई सरकारमा कति मन्त्रालय?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडाैँ – सत्तारुढ गठबन्धकाे एक प्रमुख घटक राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले सरकारमा उपप्रधानमन्त्रीसहित ४ वटा मन्त्रालय आफूहरूले पाउनुपर्ने दाबी गरेको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा सरकारमा जानका लागि तयारी थालेकाे राप्रपाले सत्ता साझेदार दलका शीर्ष नेताहरूका बैठकमा यस्ताे दाबी गरेकाे हाे।


स्राेतका अनुसार सरकारमा सहभागी हुनकाे लागि राप्रपाले अध्यक्ष लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री हुने सम्भावना बलियो छ।

यही पुस २६ गते संसदबाट विश्वासकाे मत लिएका प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबकाे एक/दुई दिनभित्र मन्त्रिपरिषद विस्तार गर्दैछन्।

प्रतिनिधि सभामा राप्रपाका १४ जना सांसद् छन्।प्रदेशहरूमा पनि राप्रपाका सांसद् छन्।

सत्ता साझेदार अन्य दल भने राप्रपालाई ३ मन्त्रालय दिन तयार देखिन्छन्। देश संचार।  

Views: