d

वर्षमान पुनको स्वास्थ्यमा फेरि समस्या

Views:
Responsive Image Gallery
Responsive Image Gallery

२०७९-०९-३०/ काठमाडाैंः माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा फेरि समस्या देखिएपछि अस्पताल भर्ना गरिएकाे छ। रोल्पा पुगेका पुनलाई चीनमा उपचार गरेकाे पुरानै रोग जन्डिस बल्झिएपछि हेलिकप्टरबाट आकस्मिक उद्धार गरी काठमाडौं ल्याइएको हो।

माघी पर्वका लागि गृहजिल्ला रोल्पा पुगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना गरिएकाे उनको सचिवालयले जनाएको छ।

जन्डिस रोगबाट पीडित पुनले केही समय पहिले चीनको एक अस्पतालमा स्वास्थ्य उपचार गराएका थिए। गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपश्चात् जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन उपमहासचिव पुन केही दिन पहिले रोल्पा पुगेका थिए।

Views: