d

प्रदेश सभाको बैठकमा राप्रपा सांसद विष्टले प्रदेश खारेजीको माग गरेपछि......

Views:
Responsive Image Gallery
Responsive Image Gallery

२६ पुस, विराटनगर । प्रदेश १ को प्रदेश सभा बैठकमा राप्रपाका संसद अम्बर विष्टले  प्रदेश खारेजीको माग उठाएका छन् । गत पौष २६ गते बसेको प्रदेश सभाको पहिलो बैठकमा बोल्ने क्रममा सांसद विष्टले विष्टले मुलकले तीन तहको संरचना धान्न नसक्ने भन्दै खारेजीको माग गरेक हुन्।  

आफूहरु संघीयताको विरोधी नभएको तर तीन तहको सरकार मुलुकले धान्न सक्दैन कि भनेर सुरुदेखि नै आवाज उठाउँदै आएको स्मरण गर्दै उनले भने, ‘अहिले देशको आर्थिक अवस्था डामाडोल भएको छ, २० खर्ब भन्दा बढी ऋणको भार देशमा थुप्रिएको छ भनेर देख्छौं, यो अवस्था हेर्दा प्रदेश राखिराख्नु उपयुक्त हुन्छ कि खारेज गर्दा उपयुक्त हुन्छ भन्ने आज छलफलको विषय छ ।’

सांसद विष्टले दिएको अभिव्यक्ति प्रति अन्य दलका सांसद भने समहत थिएनन्।  file photo

Views: