d

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच भेटवार्ता

Views:
Responsive Image Gallery
Responsive Image Gallery


काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच शनिबार साँझ भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल भएको जनाइएको छ । 

 सत्तारुढ दलहरुबीच राष्ट्रिय स्वतन्त्र पार्टीबाट ३ मन्त्री र एक राज्यमन्त्री रहने सहमति भएको नेताहरुले बताएका छन् । यद्यपि सबै सत्ता साझेदार दलहरुबीच सहमति नहुँदा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।

Views: