d

चुनावताका गरेको बाचा भुलेको छैन, काम गरेरै देखाउँछु: उपप्रधानमन्त्री लिङ्देन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं, माघ ८ गते। उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देनले झापामा विकासको युग सुरु भएको बताउनुभएको छ।

२८५९ औं सोनाम ल्होछारको अवसरमा आइतबार झापाको भद्रपुर नगरपालिका–२ कमलधापस्थित संयुक्त धार्मिकस्थलमा पद्मछोयोलिङ गुम्बाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले झापा क्षेत्र नं ३ को विकासमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

“अब यस क्षेत्रमा विकास निर्माणको युग सुरु हुन्छ”, उपप्रधानमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला झापा आउनुभएका उहाँले भन्नुभयो, “चुनावताका गरेको बाचा भुलेको छैन, काम गरेरै देखाउँछु।” 

गुम्बाका अध्यक्ष सुभाषचन्द्र थिङको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा प्रदेश नं १ का कृषि तथा सहकारीमन्त्री भक्ति सिटौलालगायतको उपस्थिती थियो।

 पूर्वकार्य समितिका सदस्यलाई सम्मान र तामाङ जातिको सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएको थियो। हरेक वर्ष एकरएक जनावर तथा चराचुरुङ्गीको नाममा फेरिने ल्हो अर्थात् वर्गअनुसार यो वर्ष बाघ वर्गलाई बिदा गरी बिरालो वर्गलाई स्वागत गरिएको छ। 

तामाङलगायत बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्षोल्लासका साथ मनाउने गर्दछन्। रासस  

Views: