d

 अर्जुन दाहालले लेख्नु भएको कविता   'अनाथ'

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

उ आँफैमा एउटा पुस्तक हो
प्रायले पढिसकेको 
एक थोत्रो पुस्तक।
उसले कैयौँ दिनहरू
आकाशको छत मुनि
जमीनको खाटमा बिताएको छ ।
कैयौँ रातहरु 
वायुको भोजन गरेर
पसिनाको आएको पानी पिएर बिताएको छ 
वर्षका छ नै ओटा ऋतु 
उसले आधा जिउ ढाक्ने
एक सरो च्यात्तिएको कपडा लगाएर बिताएको छ
बिना चप्पल र जुत्ता।
उसको लागि संसारमा 
सम्पूर्ण सृष्टिको रचइता ईश्वर बाहेक
अरु कोही पनि छैन। 
उ आफैंमा आफ्नो चिता हो
उ आफैंमा एक लास हो
उ आँफै आफ्नो मलामी हो
उ आँफै आफ्नो परिवार हो।
सडक किनारमा बसेर
सांसारिक मोह मायामा फसेर
धन - सम्पत्ति, इष्ट मित्र देखि
जागिर र दैनिक जीवनयापन गर्ने
मानिसलाई उ हेर्छ
उ एक विश्लेखक हो । 

जीवनमा सुखको मात्रा
अत्यन्त न्यून देखेको 
उ एक अनाथ हो
अनाथ भएर के भो त
जीवनको भोगाइ झेलेको
उ एक पुस्तक हो
मैले भनिहाले नि
उ एक थोत्रो पुस्तक हो
प्रायले पढेका
अनि त्यस थोत्रो पुस्तकबाट
संसारलाई हेर्दै
उ भित्रको ईश्वर हाँसिरहेको छ ।
Arjun
Arjun Dahal
पुरुष

बाल्य अवस्थामा उ सखा हो
यौनावस्थामा उ आकर्षण हो
युवा अवस्थामा उ प्रिय हो
वयस्क अवस्थामा उ जिम्मेवारी हो
अधबैंशे उमेरमा उ जीवनसाथी हो
बुढ्यौली सुरु हुँदा उ हेरचाह गर्ने डाक्टर हो
वृद्ध अवस्थामा उ लठ्ठी हो
उ को हो त ?
उ एक पुरुष हो,
एक नारीको पुरुष।

Views: