d

ठूला दलहरुले थिलथिलो बनाएको संयन्त्रका कारण नतिजामुखी काम गर्न कठिनाइ : गृहमन्त्री

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डौ – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ठूला दलहरुले थिलथिलो बनाएको संयन्त्रका कारण आफूलाई नतिजामुखी काम गर्न समस्या भएको बताएका छन्।  मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले ती संयन्त्रहरुको सुधारको काममा केन्द्रित हुँदा फरार सांसद लक्ष्मी महतो, आन्दोलनरत अधिकारीकर्मीहरु र क्रसर उद्योगको विषयमा निर्णय लिन ढिलाइ भएको उल्लेख गर्दै अब केही दिन भित्रै नतिजा आउने गरी काम हुने बताए । त्यसका लागि गृह मन्त्रालयले सम्वेदनशील भएर काम गरिरहेको उपप्रधानमन्त्री लामिछानेको भनाइ थियो ।
देशका संयन्त्रहरु ट्रयाकभन्दा बाहिर रहेकाले आफूलाई नतिजामुखी काम गर्न कठिनाइ भइरहेको बताए।  

 

Views: