d

रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, कहिला आउला फैसला ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामाथि सुनुवाई नसकिएपछि हेर्दाहेर्दैको सूचीमा राखिएको छ ।

बुधबार लामिछानेको नागरिकता विवादबारे सर्वोच्चमा मुद्दा दर्ता गर्ने पक्षको तर्फबाट अधिवक्ताहरुले बहस गरेका थिए । उनीहरुले रवीले अरु कुनै देशको राष्ट्रियाप्रति उत्तरदायी नभएको भन्दै शपथ खाएर अमेरिकी ग्रिनकार्ड लिएको तर ग्रिनकार्ड त्यागेपछि नेपाली नागरिकताका लागि आवेदन प्रक्रियामै नगएकोले उनी नेपाली भए पनि नेपाली नागरिक नभएको र्तक गरेका थिए ।

यसतर्कको विरुद्धमा मुद्दामा विपक्षी बनाइएको रविको तर्फबाट अब शुक्रबार भने जवाफी बहस हुने छ । उनीहरुले रवी नेपाली नागरिक नै रहेको तर्क पेश गर्ने छन् । बहस सकिएपछि शुक्रबार नै यसबारे अदालतको फैसला आउने सम्भावना रहेको छ ।

Views: