d

राप्रपा झापाले सांगठनिक गतिविधिमा थप तिब्रता दिने  

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राष्ट्रिय प्रजातन्त्र पार्टीले झापामा सांगठनिक गतिविधिमा तिब्रता दिने तयारी गरेको छ।  निर्वाचन पश्चात पार्टीका सबै तहलाई क्रियाशील राख्न र सांगठनिक गतिविधिलाई थप प्रभावकारी गराउने भएको हो।  

'निर्वाचन पश्चात सबै तहलाई क्रियाशील राख्नु अपरिहार्य छ, त्यसैले हामी बृहत छलफलमा जुटेका छौं।', जिल्ला अध्यक्ष केशव प्रसाद ओझाले ओझाले बताउनु भयो। 

आगामी माघ १४ गते पार्टीमा प्रवेश गर्न चाहनेहरुलाई स्वागत गरिने समेत वहाँले बताउनु भएको छ।  

;निर्वाचन पश्चात पार्टीमा आएको लोकप्रियता संगै पार्टी प्रवेश गर्न इच्छुकहरुलाई पार्टीमा स्वागत गर्ने तयारी गरेका छौं।', अध्यक्ष ओझाको भनाई छ।  

 पार्टी प्रवेश गर्न इच्छुकहरुलाई हामी पार्टीमा स्वागत मात्र गर्दैनौ, उचित जिम्मेवारी समेत प्रदान गर्छौं।', पर्दाफास संग कुरा गर्दै वहाँले बताउनु भयो। 

'जनप्रतिनिधि संग हामी प्रत्यक्ष सम्बाद गरेर घोषणा पत्र अनुसार अहिले सम्म भएको प्रगति विवरणको बारेमा जानकारी लिने र आवश्यक सल्लाह सुझावहरु प्रदान गर्नेछौं , जसले जनप्रतिनिधिलाई सकारात्मक भएर जनताको सेवामा लाग्ने हौसला प्रदान गर्छ।', ओझाको भनाइ रहेको छ।   

Views: