d

राष्ट्रपतिको निर्वाचन फागुन २६ गते गर्ने निर्वाचन आयोगको तयारी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाडौं – राष्ट्रपतिको निर्वाचन फागुन २६ गते गर्ने तयारी निर्वाचन आयोगले गरेको छ । आयोगले यस विषयमा सरकारसँग पनि अनौपचारिक छलफल जारी राखेको स्रोतले जानकारी दिएको छ ।

आयोगमा भएको अनौपचारिक छलफलमा २६ गते शुक्रबार मतदानका लागि उपयुक्त हुने निष्कर्ष निकालिएको छ ।
 

राष्ट्रपति निर्वाचनको मिति निर्वाचन आयोगले तोक्ने व्यवस्था छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २९ गते सकिन लागेको हुँदा त्यसअघि नै निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

संविधानमा पाँच वर्षको कार्यकाल हुने उल्लेख गरिएको भए पनि राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐनले एक महिना अघि नै निर्वाचन गरिसक्नुपर्ने भनेको छ ।

Views: