d

 ओलीसँग प्रधानमन्त्री प्रचण्ड असन्तुष्ट

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट बनेका छन् । स्थायी समिति बैठकमा ब्रिफिङ गर्ने क्रममा ओलीको कार्यशैलीप्रति उनले असन्तुष्टि जनाएका हुन् ।

ओलीले सहमति पालना नगरेको उनको तर्क छ । ‘संसद् विघटनको विषय संसद्मै उठाउँदा निर्वाचित प्रधानमन्त्रीको लागि अलि असहज भएको छ  भन्दै उनले  विगतका कुरा सार्वजनिक रूपमा नउठाउने सहमति भएको थियो त्यो पालना नभएको बताएका छन्। 

ओलीले संसद् विघटनको विषय संसद् प्रवेश गराएर सहमति पालना नगरेको अध्यक्ष प्रचण्डको असन्तुष्टि थियो । उनले सभामुख र राष्ट्रपति एउटै पार्टीको हुँदा भोलिका दिनमा समस्या निम्तिन सक्ने बताएका थिए । यस विषयमा गम्भीर समीक्षा गरेर निर्णय गर्नुपर्ने प्रचण्डको भनाइ छ ।

Views: