d

प्रदेश १ लाई देख्न सकिने, हेर्न सकिने र सुन्न सकिने बनाउने मुख्यमन्त्रीको इच्छा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

गौरादह: प्रदेश १ मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश १ लाई  प्रदेश १ लाई देख्न सकिने, हेर्न सकिने र सुन्न सकिने  प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 
गौरादह जेसीजको १० औं वर्षको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यसो भनेका हुन् । 

अघिल्लो कार्यकालमा प्रदेशको नामाकरण सम्म गर्न नसकेकोमा यो पटक छिटोभन्दा छिटो प्रदेशको नामाकरण गरिसक्ने बताए। 

'हामी धेरै ढिलो भैसकेका छौँ, अघिल्लो कार्यकालमा मन्त्री पदमा रहदा पनि नामाकरण गर्न सकिएन । साझा सहमति नजुटे प्रक्रियामा गएरै भएपनी नाम जुराएरै छोडिने छ ।', मुख्यमन्त्री कार्कीले भने । 

प्रदेश खारेजीको मुद्दा पेचिलो बन्दै गएको परिस्थितिमा आफुले प्रदेश १ को मुख्यमन्त्री पद सम्हालेको भन्दै उनले मुलुकमा प्रदेश संरचना बनेकै भरमा राष्ट्रिय बजेटमा ह्रास नआएको जिकिर गरे । 

'काम गर्दा गल्ती कमजोरी हुँदा रहेछन् । मैले गल्ती गरे खरो खबरदारी गरिदिनुहोस् ।'
'कार्यबोझ थपिएको अवस्थामा १/२ मन्त्रालय थपिएला तर त्यस्तो नभएको खण्डमा ९ वटै मन्त्रालयमा सिमित राख्ने कुरामा प्रतिबद्ध छु ।', उनले भने । 

'प्रदेश १ लाई ७ वटा प्रदेश मध्येकै सबैभन्दा विकसित र समृद्ध प्रदेश बनाइने छ । यस कुरामा ढुक्क रहन सम्पूर्ण प्रदेशबासीलाई आग्रह गर्दछु ।', प्रतिबद्धता व्यक्त गरे । 

 झापा जिल्ला प्रदेश १ कै लागुऔषधको सबैभन्दा ठूलो हब बनेको बताउदै जेसीज जस्ता सामाजिक संस्थाले लागू औषध नियन्त्रण कार्यमा प्रदेश सरकारलाई साथ दिन आग्रह गरे । 
आफूले आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हालेको बेला 'सगरमाथा टिन्स क्लब' र 'म अघि बढ्छु' जस्ता युवाकेन्द्रित अभियान सन्चालन गरेको स्मरण गर्दै कार्कीले भने, 'पछिल्लो सरकारले त्यस्ता कार्यक्रमको महत्त्व बुझेन तर हामी पुनः सरकारमा छौँ, यस्ता कार्यक्रमले तिब्रता पाउनेछन् ।'


जेसीज वर्ष २०२३ को अध्यक्षमा प्रकाश भट्टराई 

गौरादह जेसीज वर्ष २०२३ को अध्यक्षमा प्रकाश कार्कीलाई जिम्मेवारी दिइएको छ । वर्ष २०२२ कि अध्यक्ष बिनिता अधिकारी कटुवालले जेसीज चेन पहिर्याउदै नयाँ अध्यक्ष भट्टराईलाई पद हस्तान्तरण गरेकी हुन् । सिंगो समाजले आफ्नो कार्यकाल सफलतापुर्वक सम्पन्न गर्न मद्दत पुर्याएको भन्दै उनले सहयोगीहरुलाई धन्यवाद दिएकी थिइन् । 

पदहस्तान्तरण कार्यक्रममा नगर प्रमुख  छत्रपती सुवेदी, उपप्रमुख जलवर्षा राजवंशी, वडाध्यक्ष तथा वडा सदस्यहरू, गौरादह जेसीजका पुर्व अध्यक्षहरु, विभिन्न पार्टी प्रतिनिधिहरु, सामाजिक संघ/संस्थाका प्रतिनिधिहरु, अगुवा सामाजिक, शैक्षिक, बुद्धिजीवी तथा राजनीतिज्ञहरुको उपस्थिति रहेकोे थियो । 

कार्यक्रममा आफ्ना संक्षिप्त भनाई राख्दै वर्ष २०२३ का अध्यक्ष प्रकाश भट्टराईले आफ्नो कार्यकालमा जेसीजको उचाईलाई थप गरिमामय बनाउने प्रतिबद्धता व्यक्त गरे । सबै क्षेत्रबाट आफुलाई पुर्ण सहयोग रहनेमा विश्वस्त रहेको उनले बताए। 

जेसीज वर्ष २०२२ अध्यक्ष  बिनिता अधिकारी कटुवालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सन्चालन वर्ष २०२२ का महासचिव खड्ग थापा तथा दोश्रो फेजको कार्यक्रम वर्ष २०२१ अध्यक्ष एकराज घिमिरेले गरेका थिए ।

Views: