d

मेयर बालेन्द्रविरुद्ध माइतीघरमा प्रदर्शन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । काठमाडौँ उपत्यकामा जथाभावि डोजर लगाएर निजी तथा पुरातत्विक सम्पत्ति भत्काएको भन्दै माइतिघर मण्डलामा विरोध प्रदर्शन भएको छ  मेयर बालेन्द्र साह विरुद्द नाराबाजी गरिएको छ।  

उपत्यकाव्यापी सडक विस्तार पिडीत संघर्ष समितिको आयोजनामा सुनमन सायमीको नेतृत्वमा उक्त विरोध प्रदर्शन भएको हो । 

काठमाडौँको मेयरका उम्मेदवार समेत रहेका तथा बालेनको सहयोगीका रुपमा आफूलाई प्रस्तुत गर्दैै आएका सुमन सायमीको नेतृत्वमा उक्त विरोध प्रदर्शन भएको हो ।

काठमाडौँका स्थानीयतको उल्लेख्य सहभागिता रहेको उक्त विरोध प्रदर्शन कार्यक्रममा ‘डोजर आतंक बन्द गर’, ‘संविधानले सुरक्षित गरेको सपत्तिको अधिकार सुनिश्चित गर’, ‘महानगरको ज्यादति बन्द गर’ लगायतका नारा लगाएका थिए ।

Views: