d

बुद्धशान्ति-१ द्वारा तीन ठाउँमा फलैचा निर्माण 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

बुद्धशान्ति, माघ १५ । झापाकाे बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ ले वडाका तीन ठाउँमा फलैचा निर्माण गरेकाे छ । 

विकासक्रममा रहेका ठाउँहरू छनाैट गरि ब्यवसायिक ठाउँकाे बिस्तार गर्न, चाेक क्षेत्रका नागरिक भेला भएर भलाकुसारी गर्न, विश्रामालय तथा प्रतीक्षालयको रूपमा प्रयोग हुने गरि फलैचा निर्माण गरिएको वडा अध्यक्ष अनिल वाग्लेले बताउनु भयाे । 

३ लाख रूपैयाँकाे बजेटमा ती फलैचा निर्माण गरिएकाे वडाले जानकारी दिएकाे छ । वडाकाे शान्ति चाेक, होक्से चाेक र मगर चाेकमा फलैचा निर्माण गरिएकाे हाे ।

फलैचा निर्माण गरिएकाे क्षेत्र आसपासमा व्यवसायिक सटर निर्माण गरि व्यवसायिक काराेवार गर्न सकिने गरि वडाले ती ठाउँमा फलैचा बनाएकाे हाे । वडाले हरेक बर्ष फलैचा निर्माण गर्ने याेजना बनाएकाे छ ।

Views: