d

डरको खेती

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

डर किन चाहिन्छ
उत्तर सरल छ
कुनै कुरालाई नियन्त्रणमा राख्न,
साना बालकलाई जोगी देखि पुलिसको डर देखाइन्छ
पढ्ने विद्यार्थीलाई परीक्षामा फेल हुने डर देखाइन्छ
जागिरले लाई रोजगार गुम्ने डर देखाइन्छ
अपराध गर्न उनमुखलाई कानुनको डर देखाइन्छ
धर्मात्मालाई शास्त्र र भगवानको डर देखाइन्छ
नास्तिकलाई समाजको डर देखाइन्छ
जीवितलाई मृत्युको डर देखाइन्छ
मृतकलाई धरी अन्त्य पद्धती अनुसारको कर्मको डर देखाइन्छ
त्यसैले संसारमा सबैभन्दा धेरै गरिने खेती नै डरको खेती हो
जुन राष्ट्र देखि परराष्ट्र,
समाज देखि परिवार
एक्लो को त कुरै छोडौ
दुई जिउ भएका महिलालाई समेत
छोरा हुन्छ की छोरी भन्ने डर रहन्छ,
त्यसैले डर विश्वमा सर्वाधिक गरिने खेती हो
यसमा दुई मत छैन 
किनकि कुनै कुरा उपर नियन्त्रण
सबैले नै खोज्दछन ।

 

Poem by Arjun Dahal

Gauradaha  3, Jhapa

Views: