d

हामीप्रति देशले ठूलो अपेक्षा राखेको छ: सभामुख घिमिरे

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 काठमाण्डाै – सभामुख देवराज घिमिरेले छोटो समयमा नै संसदीय गतिविधिबाट नागरिकका समस्या समाधान गरी नेपालको संसदीय इतिहासमै शिक्षा दिने किसिमको भूमिका खेल्न सांसदलाई आग्रह गर्नुभएको छ ।

बिहीवार संसद् भवन नयाँ बानेश्वरमा आयोजित प्रतिनिधि सभाका सदस्यका लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले नागरिकका समस्याकाे चाङ बढ्दै गइरहेकाले त्यसलाई समाधान गर्न सांसदले संसदमा आफ्नो भूमिका बलियो बनाउनुपर्ने बताउनुभयो । नागरिकसँग गरेका वाचा पूरा गर्ने हिसाबबाट अघि बढ्न उहाँकाे सुझाव छ ।  

उहाँले भन्नुभयो, ‘हामीप्रति देशले ठूलो अपेक्षा राखेको छ, यसका आफ्नै खालका प्रक्रिया छन्, परम्परा छन्, पद्धति छन्, यसलाई प्रभावकारी ढङ्गबाट सञ्चालन गर्नुपर्नेछ । हामीलाई निर्वाचित गर्ने नागरिकले संसद्का गतिविधिबाट, अभिव्यक्ति र प्रयत्नबाट काम खोजिरहनुभएको छ । छोटो समयमा नै संसदीय गतिविधिले नेपालमा शिक्षा दिने किसिमको भूमिका हामीले खेल्नुपर्छ ।’

सभामुख घिमिरेले संसद्लाई प्रभावकारी बनाउने सबैभन्दा ठूलो जिम्मेवारी सरकार र प्रमुख प्रतिपक्षको हुने बताउनुभयो ।

Views: