d

मेराे माैनताको अवधि सकिनै लाग्यो: रवि लामिछाने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब आफू चुप लागेर नबस्ने बताएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेखेर लामिछानेले आजसम्म चुप लागे पनि अब आफूले मौनता तोड्ने बताएका हुन्।

‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नु होला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो । म अभिमन्यु होइन’, उनले लेखेका छन्  ।

महाभारत कथाअनुसार अभिमन्यूले कौरव पक्षको व्यूह रचना चक्रव्यूहको भेदन गरेका थिए । कथाअनुसार अभिमन्युले आफ्नो आमाकाे कोखमा रहँदा नै अर्जुनको मुखबाट चक्रव्यूह भेदन गर्ने रहस्य जानेका थिए । तर सुभद्रा बीचैमा निदाएकोले उनले व्यूहभन्दा बाहिर आउने विधि सुन्न पाएका थिएनन् । अभिमन्युको मृत्युको कारण जयद्रथ थिए जसले अन्य पाण्डवलाई व्यूहमा प्रवेश गर्नबाट रोकेका थिए । यही पात्रलाई उल्लेख गर्दै लामिछानेले आफू अभिमन्यु नभएकाे उल्लेख गरेका छन् ।


आजसम्म यस्ता आलोचनाको जवाफ नदिएका लामिछानेले अब चुप लागेर नबस्ने उल्लेख गर्नुलाई महत्त्वका साथ हेरिएको छ ।

Views: