d

रास्वपा बैठक बिना निस्कर्ष सकियो, आज पुन: बैठक बस्ने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाडौं, २१ माघ । रास्वपा सरकारमा रहने वा नरहने भन्नेबारे आजपनि अनिर्णित बनेको छ । पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त रुपमा बसेको तीन घण्टा लामो छलफलपछि पनि रास्वपाले कुनै निर्णय नलिएको हो ।

 रास्वपाले गृहमन्त्रालयमा आफ्नो अडान कायम राखेको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्रालय नदिने अडान राखेका छन् ।

गृहको साटो भौतिक पूर्वाधार मन्त्रालय लिन प्रस्ताव गरिएको छ ।

बैठक आज विहान ११ बजेपनि बस्ने बताइएको छ। 

उनले चितवन २ मा उपनिर्वाचन चाँडो हुनुपर्नेबारे पनि छलफल गरिएको सुनाए। आफूले प्रधानमन्त्री दाहाललाई कुनै अल्टिमेटम नदिएको पनि उनको भनाई छ ।

Views: